चक्र र कविताको दमदार ‘चस्मा’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक तथा संगीतकार चक्र बमको नयाँ गीत ‘चस्मा’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा चक्रको शब्द तथा संगीत छ । भने, अस्मिता अधिकारी र समिर आचार्यले स्वर दिएका छन् ।

पश्चिमेली पहाडी भाकाको डान्सिङ नम्बरमा चक्रसँगै मोडल कविता न्यौपानेले कम्मर मर्काएका छन् । दुई जनाको केमेस्ट्री जमेको छ । गीतको बिटमा यो जोडी खरो उत्रिएको छ ।

गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक बनेको छ । उनले गीतको भाव मर्न दिएका छैनन् ।

नेपमोलेको निर्माण गरेको यस म्युजिक भिडियोमा सरिता प्रजापतिको शृंगार, सम्झना बुटिकको पहिरण, पवन सुस्लिङको छायांकन र नविन निरौलाको सम्पादन छ ।

पछिल्लो समय पश्चिमेली र पहाडी भाकालाई नयाँ पुस्ता माँझ प्रस्तुत गरेर लोकप्रिय बनेका गायक चक्र बम यो गीतबाट निक्कै आशावादी रहेका छन् ।

गीत रिलिजसँगै निर्माण पक्षले कमेन्ट बक्समा गएर प्रतिक्रिया जनाउने २ सय दर्शकलाई सयको डाटा रिचार्ज गरिदिने व्यवस्था गरेको छ । यो सुविधा पाउन आफ्नो मोबाइल नम्बरपनि कमेन्टमा छोड्नु पर्ने हुन्छ । विदेशमा भएका दर्शकले नेपालमा रहने आफन्तको नम्बर राख्न सक्ने निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्