स्त्री जातैले पुष्प र सुधिरको मन बिगारेपछि… ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गीतकार डा. डीआर उपाध्यायले नयाँ गीत ‘स्त्री जातैले’ सार्वजनिक गरेका छन् ।

डान्सिङ बिटको क्लब गीतमा अभिनेता पुष्प खड्का र मोडलत्रय सुधिर श्रेष्ठ, प्रियना आचार्य र उषा उप्रेतीले ठुम्का लगाएका छन् ।

गीतकार उपाध्यायको शब्द सिर्जना रहेको गीतले मादकपदार्थ र जवानी बीचको रमाइलो प्रस्तुत गरेको छ । बाबुल गिरीको संगीत रहेको गीतमा प्रताप दास र रचना रिमालको स्वर छ ।

माइकल स्टेपअप आर्ट एण्ड एकेडेमीको कोरियोग्राफी रहेको गीतमा माइकल चन्दको निर्देशन छ ।

गीतको भिडियोमा अनिता ग्वाछाको शृंगार, उत्सव दाहालको छायांकन र शिलन लम्सालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्