शिल्पालाई बक्सअफिस सफलताको खाँचो



रंगखबर, काठमाडौँ – डेब्यु फिल्म ‘द ब्रेकअप’ रिलिज भएपछी शिल्पा मास्के सम्भावना बोकेकी अभिनेत्रीको रुपमा चिनिइन ।

    तस्विर: शिल्पा मास्केको इन्स्टाग्रामबाट

उनको अभिनय र सुन्दरताले चर्चा पायो । रिलिज अगाडी निक्कै राम्रो हाइप बनाएपनि शिल्पाको पहिलो फिल्म बक्सअफिसमा असफल सावित भयो ।

अभिनयमा पाएको प्रशंसा र बक्सअफिस असफलताले ‘द ब्रेकअप’ शिल्पाको करिअरका लागि औसत सावित भयो ।

नेपाली फिल्ममा औसत इन्ट्री मारेकी शिल्पाको पछिल्लो करिअरपनि औसत रुपमा अगाडी बढिरहेको छ, भन्दा फरक नपर्ला ।

‘कागजपत्र’, ‘सानो मन’ र ‘कठपुतली’मा आफुले पाएको भूमिकामा प्रश्न उठाउन नदिएकी शिल्पालाई बक्सअफिसमा भने प्रश्न गर्न सकिन्छ ।

उनि अभिनित फिल्मले घरेलु बक्सअफिसमा निर्माताको लगानी रिकभर गर्न सकेका छैनन् ।

आफु अभिनित पाचौं फिल्म ‘लाइफ इन एलए’बाट भने शिल्पा आशावादी छिन । अमेरिकामा बस्ने नेपालीहरुको कथामा निर्माण भएको फिल्ममा शिल्पाले नवकलाकार ब्यास बिस्सुसँग जोडी बाँधेकी छन् ।

फिल्मका प्रचार सामाग्रीहरुले सामाजिक संजालमा औसत हाइप बनाएका छन् । स्थानीय निकाय चुनावको असर फिल्ममा पर्न सक्छ ।

अघिल्ला फिल्मको काम हेर्दा अभिनयमा शिल्पाबाट अपेक्षा गर्न सकिन्छ । तर, के यसपटक शिल्पाले बक्सअफिसमा सफलताको झण्डा गाड्लिन त ? जवाफ, फिल्म रिलिज मिति जेठ ६ पछि पाइएला !

प्रतिक्रिया दिनुहोस्