गायक राजु लामाले चुमे सर्वोच्च शिखर सगरमाथा



रंगखबर, काठमाडौँ – गायक राजु लामाले सफलतापुर्वक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।

   file photo

जेठ २ गते सोमबार बिहान ४ देखि ६.४० बजेको समय बीच गायक लामासहित २२ जनाको टोली ८,८४८.८६ मिटरको चुचुरो चुम्न सफल भएको हो ।

इम्याजिन नेपाल एक्सपिडिसनद्वारा सगरमाथा आरोहण गरेको यस टोलीको नेतृत्व मिङ्मा जीले गरेका थिए ।

बैशाख २९ गते राति आधार शिविरबाट टोली सगरमाथा चढ्न सुरु गरेको थियो । टोली नेतृत्व गरेका मिङ्मा जी अक्सिजन बिना चुचुरोमा पुगेका थिए ।

इम्याजिन नेपालले फेसबुक पेजमा दिएको जानकारी अनुसार टोलीमा रसिया, अस्ट्रेलिया र पाकिस्तानका १/१ जना आरोही, चिनका ४ जना र नेपाली १५ जना थिए ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन चुचुरो चुमेका गायक लामाले सगरमाथा आरोहण पुरा गर्नुअघि ६,६७४ उचाईमा कन्सर्ट गरेका थिए । जुन स्थान क्याम्प २ र क्याम्प ३ को बीचमा पर्छ ।

यसअघि अभिनेत्री निशा अधिकारीले पनि सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्