दशैँको छेकोमा ‘प्रेमगीत ३’ रिलिज घोषणा



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’को प्रदर्शन मिति घोषणा गरिएको छ । यस बहुप्रतिक्षित फिल्म अब असोज ७ देखि अलनेपाल रिलिज हुनेछ ।

कोरोना महामारीका कारण साढे २ वर्षदेखि प्रदर्शन रोकिएको फिल्म दशैँ पुर्वसन्ध्या (घटस्थापनाको तीन दिन अगाडी)मा दर्शक माँझ पुग्नेछ ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा बनेको फिल्मले प्रेमकथा बोल्छ । फिल्ममा प्रदीपले प्रेम र नवअभिनेत्री कृष्टिना गुरुङले गीतको भूमिका निर्वाह गरेका छन् ।

यहि फिल्मबाट नवअभिनेता मनिष राउतले पनि डेब्यु गर्दैछन् । जसले पहिलो फिल्म प्रदर्शनमा आउनु भन्दा अगाडी नै चर्चा कमाइसकेका छन् ।

नेपालीसँगै हिन्दि भाषामा पनि रिलिज हुन लागेको फिल्ममा शिव श्रेष्ठ, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

आसुसेन फिल्म्स प्रोडक्सनले निर्माण गरेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् । यो फिल्मको छायांकन काठमाडौँ र हिमाली जिल्ला मनाङमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्