‘शाम से ही दिल’मा निर्जन र धारणा



रंगखबर, काठमाडौँ – नेपाली कलाकार र मेकर लिएर भारतीय संगीत कम्पनि टी-सिरिज रिजनलले निर्माण गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘शाम से ही दिल’ बोलको हिन्दि र उर्दू गजलमा इम्तियाज वफाको शब्द/संगीत र सुमन शेखर मानन्धरको स्वर छ ।

निर्देशक जनकदीप पराजुलीको कन्सेप्ट र निर्देशनमा तयार म्युजिक भिडियोमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माले अभिनय गरेका छन् ।

अर्जुन तिवारीको छायांकन रहेको म्युजिक भिडियो काठमाडौँ, चितवन र मुगू जिल्लामा खिचिएको छ ।

सुमन शेखर मानन्धरले लगानी गरेको म्युजिक भिडियोको सम्पादन ध्रुवराज पराजुलीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्