संवादसहितको गीतिफिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने



रंगखबर, काठमाडौँ – जातीय प्रेमकथामा आधारित रहेर फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ बन्ने भएको छ ।

देवेन्द्र पाण्डेले निर्देशन गर्ने गीतिफिल्म हुनेछ । जसमा संवादपनि समावेश गरिने बताइएको छ । १ घण्टा बढी लम्बाई रहने फिल्मलाई नेपालको पहिलो संवादसहितको गीतिफिल्म भनिएको छ ।

फिल्मको घोषणासँगै छायांकनपनि सुरु भएको छ । १५ दिनको छायांकन सेड्युल निकालिएको फिल्मलाई उत्सव दाहालले खिच्दैछन् ।

फिल्ममा अभिनास न्यौपाने, श्रेया कार्की, मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य र सविना न्यौपानेलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मणि नेपाली पनेरुले लेखेका ६ लोकगीतमा आधारित रहेर यो फिल्म निर्माण हुनेछ । पनेरु फिल्मका निर्मातासमेत हुन् ।

नेपाली दर्शक माँझ फरक शैलीको फिल्म पुर्याउने उद्येश्यले ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण थलिएको निर्देशक पाण्डेले बताए । फिल्मले मनोरंजनसँगै संदेशपनि प्रवाह गर्ने उनले बताए ।

विकास दाहालले सम्पादन गर्ने फिल्मलाई निर्माणपछि च्यारिटी गरेर हलमा प्रदर्शन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्