‘बाबरी’ टिजरमा धिरज र अदितिको प्रेम रोमान्स



रंगखबर, काठमाडौँ – धिरज मगर र अदिति बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को टिजर सार्वजनिक गरिएको छ ।

१ मिनेट २० सेकेण्ड लामो टिजर धिरज र अदितिको वरिपरि घुम्छ । दुई बीचको प्रेम र रोमान्स टिजरमा हेर्न सकिन्छ ।

सुरेन्द्र पौडेल निर्देशित फिल्ममा अदिति र धिरजका अलावा धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाललगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

भदौ ३१ मा रिलिज हुने फिल्ममा सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन छ ।

कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत रहेको फिल्ममा एञ्जिला खत्री/विक्रम लामाको कोरियोग्राफी, नरेन्द्र मैनालीको छायांकन र निर्देशक पौडेलको सम्पादन छ ।

गणेश बुढाथोकी र पुष्पालता बुढाथोकीको लगानी रहेको फिल्ममा सुष्मा गुरुङको सहलगानी छ ।

प्रतिक्रिया दिनुहोस्