फिल्म ‘अन्तिम संस्कार’मा दीया पुन फाइनल



रंगखबर, काठमाडौँ – हालै मात्र विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी अभिनेत्री दीया पुन नयाँ फिल्ममा अनुबन्धित भएकी छन् ।

प्रदीप शाहीले निर्देशन गर्ने ‘अन्तिम संस्कार’मा दीयाले मुख्य भूमिका निर्वाह गर्नेछिन । उनि अभिनित पछिल्लो फिल्म ‘मन्त्र’ गत बैशाखमा रिलिज भएको थियो ।

विनोद सुवेदी (खत्री)को निर्माणमा बन्ने फिल्ममा दीयासंगै विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री), सस्मिता गिरी, श्याम राईलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

सामाजिक कथामा निर्माण हुने फिल्म केहि समयपछि छायांकनमा जाने निर्माण पक्षले बताएको छ । यो फिल्म शाही प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुनेछ ।

निर्देशक शाहीको यो दोस्रो फिल्म हो । उनि निर्देशित फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ प्रदर्शनको लागि तयार भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्