प्रेमी शरदसंग इन्दिरा जोशीले गरिन विहे



रंगखबर, काठमाडौँ – गायिका इन्दिरा जोशीले विवाह गरेकी छन् । उनले प्रेमी शरद केडियासंग चितवनको बाराही जंगल लजमा लगनगाँठो कसेकी हुन् ।

विवाहक दुई तस्विर सार्वजनिक गर्दै इन्दिरा लेख्छिन, ‘आधिकारिक रूपमा पति र पत्नी अब ।’ इन्दिरा र शरदको विहेमा पारिवारिक सदस्यहरुको उपस्थिति थियो ।

विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले ९ महिना अगाडी सगरमाथा क्षेत्रमा आयोजित एक फेसन शोको दौरान प्रेम सार्वजनिक गरेको थियो ।

यो जोडीले छिट्टै नै काठमाडौँ र बिरगंजमा रिसेप्सन पार्टी दिने योजना बनाएको छ । इन्दिराका पति शरद पेशाले फेसन डिजाइनर हुन् ।

चलचित्र ‘लूट’को ‘उध्रेको चोली’ मार्फत ठुलो दर्शक जमातमा परिचित भएकी इन्दिराले थुप्रै चलचित्र र आधुनिक गीतमा स्वर दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्