पानीफोटो टिजर: बेपत्ता छोराको खोजिमा भौतारिएका आमा-बुबा



रंगखबर, काठमाडौँ – खगेन्द्र लामिछानेले निर्देशन गरेको फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक गरिएको छ ।

साढे १ मिनेट लामो टिजरले बेपत्ता छोराको खोजीमा हिँडेका आमा-बुबाको कथा भन्छ । फिल्ममा मेनुका प्रधान, अनुप बराल, मलिका महत, खगेन्द्र लामिछाने, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय छ ।

करिब दशक अगाडी मन्चन भएको चर्चित नाटक ‘पानीफोटो’लाई खगेन्द्रले फिचर फिल्मको रुप दिएका हुन् । खगेन्द्र आफैले यो फिल्म लेखेका हुन् ।

काठमाडौँ, बर्दिया, स्याङ्गजा र रोल्पामा छायांकन गरिएको यस फिल्ममा पुष्पा संगमको पार्श्वसंगीत, दीपक बज्राचार्यको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

रोजिना सिटौला र रविन्द्र बज्राचार्यले लगानी गरेको फिल्म साउन १३ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

प्रतिक्रिया दिनुहोस्