प्रदर्शनमा आयो स्वस्तिमाको ‘चिसो मान्छे’



रंगखबर, काठमाडौँ – आज शुक्रबारबाट फिल्म ‘चिसो मान्छे’ अलनेपाल प्रदर्शनमा आएको छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्मले काठमाडौँदेखि लास बोकेर बाजुरा पुग्ने परिवारको यात्राको कथा भन्छ ।

फिल्ममा स्वस्तिमा खड्का, देशभक्त खनाल, अर्पण थापा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।

मल्टिप्लेक्समा औसत शो पाएको फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने आशा गरिएको छ । तर, पहिलो दिनको विहानी शोमा भने दर्शक संख्या न्यून देखिएको छ । दर्शकको वर्ड अफ माउथले फिल्मको व्यापार निर्धारण गर्नेछ ।

शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा दीपेन्द्र के खनालको लेखन/छायांकन, सुवाष भुषालको संगीत र दिर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्