‘प्रकाश’को ‘मान्छे मान्छे’ गीतमा जातीय विभेदको मुद्धा



रंगखबर,काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को लिरिकल गीत सार्वजनिक गरिएको छ ।

‘मान्छे मान्छे’ बोलको गीतले जातीय विभेदको कथा भन्छ । गीतमा केहि चल र अचल दृश्य समेटिएको छ ।

गीतमा अशोक शेरचनको शब्द, एलिश कार्कीको संगीत र सत्यराज आचार्यको स्वर छ ।

दिनेश राउतले निर्देशन गरेको ‘प्रकाश’ले सरकारी विद्यालयमा जागिर खान गर्नुपर्ने संघर्षको कथा भन्छ ।

बिकाश सुवेदीको लेखन रहेको फिल्ममा प्रदीपसंगै दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, अमजद प्रवेज, रेणु योगी, देवकुमार श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

भदौ १० देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा महेन्द्र अधिकारीको लगानी छ ।

https://youtu.be/Ze8dlamenG0

प्रतिक्रिया दिनुहोस्