‘दुई नम्बरी’ गर्न तिहारमा हल छिर्दै दयाहाङ र सौगात



रंगखबर, काठमाडौँ – दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले कार्तिक ४ लाई प्रदर्शन मिति तोक्दै फस्टलुक बाहिर ल्याएको हो । यो फिल्म शुक्रबार रिलिज भएर आइतबारदेखि २०७९ को तिहारमा प्रवेश गर्नेछ । जहाँ पहिलो साता फिल्मले पाँच ओटा सार्वजनिक विदा आत्मसाथ गर्नेछ ।

फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकार दयाहाङ र सौगातलाई भिन्न लूक्समा प्रस्तुत गरिएको छ । एक पोस्टरमा अभिनेत्री उपासना सिंह, नवअभिनेत्री उगेन छोदेन र कलाकार बुद्धि तामाङपनि फिचर्ड छन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

रेड बर्ड प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी छ ।

सुसन प्रजापतिले खिचेको फिल्ममा जयन जे वाइवाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्