‘लाखे’को प्रदर्शन मिति तोकियो, ‘बाबरी’संग भिडन्त पक्का



रंगखबर, काठमाडौँ – भदौ ३१ लाई प्रदर्शन मिति तोक्दै फिल्म ‘लाखे’को पोस्टर सार्वजनिक गरिएको छ ।

अब एक्सन–थ्रिलर ‘लाखे’को बक्सअफिस भिडन्त रोमान्टिक फिल्म ‘बाबरी’संग हुनेछ ।

सम्राट बस्नेत निर्देशित ‘लाखे’मा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकारलगायतका कलाकारहरुको अभिनय छ ।

सार्वजनिक पोस्टरमा चार ओटा मुखौटा भित्र कलाकारको अनुहार छोपिएको छ । पृष्ठभुमिमा अर्पण थापालाई देख्न सकिन्छ ।

हरि मल्ल ठकुरीको कार्यकारी निर्माणमा तयार फिल्ममा दीपक बज्राचार्यको संगीत, सिजन अर्यालको कथा, आकाश बरालको पटकथा तथा संवाद, सुसन प्रजापतिको छायांकन, सम्राट बस्नेतको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।

महँगो बजेटमा निर्मित फिल्ममा सिजन अर्याल र जिएम ठकुरीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्