‘माइकल अधिकारी’को पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ – सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘माइकल अधिकारी’को पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले भदौ ३ को रिलिज डेटलाई आधिकारिकता दिदै दुई पोस्टर सार्वजनिक गरेको हो । विपन्न परिवारले जीविकोपार्जनका निमित्त कसरी आफ्नो कोख भाडामा दिन मन्जुर हुन्छन भन्ने कथा फिल्मले बोकेको छ ।

सार्वजनिक पोस्टरमा सौगातलाई खर्पन बोकेको देखाइएको छ । खर्पनको एकतर्फ आमा र बच्चा अनि अर्को तर्फ पैसाको बिटो देख्न सकिन्छ । दोस्रो पोस्टरमा पैसामा पल्टिएका सौगात र सृष्टिको खुसि झल्काइएको छ ।

रञ्‍जित रौनियारले निर्देशन गरेको फिल्ममा सौगात र सृष्टिसंगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरालगायतका कलाकारहरुको अभिनय छ ।

गोपीकृष्ण मुभिजको व्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्मका प्रस्तुतकर्ता उद्धव पौडेल हुन् ।

‘माइकल अधिकारी’को प्रदर्शन मिति फाइनल भएसंगै भदौ ३ को डेटमा तीन नेपाली फिल्म जुध्ने पक्का भएको छ । यो मितिमा ‘कृष्णलीला’ र ‘प्रेमगन्ज’पनि प्रदर्शनमा आउनेछन ।

प्रतिक्रिया दिनुहोस्