हलमा सौगात र सलोनको ‘घनचक्कर’



रंगखबर, काठमाडौँ – शुक्रबारबाट फिल्म ‘घनचक्कर’ सार्वजनिक प्रदर्शनमा आएको छ ।

यो संगै बलिउडको ‘जुगजुग जीओ’ र हलिउडको ‘एल्भिस’पनि नेपाली बक्सअफिसमा रिलिज भएका छन् ।

जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको फिल्मले रिलिजको छेकोमा गरिएको प्रिमियरमा मिस्रित प्रतिक्रिया पाएको थियो । बिहिबार राजधानीमा आयोजित प्रिमियरमा पाहुनाले फिल्म रुचाए ।

पैसाको लागि चक्कर लगाउने बेरोजगारी युवाहरुको कथामा निर्मित फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जेवी डिसी, सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारीलगायतका कलाकारहरुको अभिनय छ ।

ब्लकबस्टर फिल्म ‘कबड्डी ४’को दवदवा र विदेशी फिल्मको चेपुवामा परेपनि ‘घनचक्कर’ले बक्सअफिसमा सुखद नतिजा ल्याउनेमा निर्माण पक्ष आशावादी देखिएको छ ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, अर्जुन सिंहको कथा, काजी लिम्बुको पटकथा/संवाद, अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ/साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य/देव कोइमी/बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन छ ।

भट्ट एण्ड सन्स प्रोडक्सनले निर्माण गरेको फिल्ममा करुणा अर्याल र संगम भट्टको लगानी छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाईले सहलगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्