‘लू’ निर्देशनको जिम्मेवारी पाएपछि प्रदीप भन्छन, ‘डर र उत्साह दुवै छ’



रंगखबर, काठमाडौँ – नयनराज पाण्डेद्वारा लिखित उपन्यास ‘लू’ माथि आधारित रहेर निर्माण हुन् लागेको फिल्म ‘लू’लाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् ।

फिल्मकी निमात्री निशा खरेल र निर्देशक भट्टराईबीच लिखित सहमति भएको छ । फिल्म साइन गरिसकेपछि निर्देशक भट्टराईले ‘लू’ आफ्नो भागमा आउँदा डबल खुसि मिलेको बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै आफुमा डर र उत्साह दुवै भएको साथै फिल्मलाई राम्रो बनाउने विश्वासपनि रहेको उल्लेख गरेका छन् । ‘लू’ माथि फिल्म बन्नेबारे सुन्दा नै आफुलाई खुसि मिलेको उनले लेखेका छन् ।

कारो फिल्मसको व्यानरमा निर्माण हुने फिल्ममा संगीतकारको रुपमा कालीप्रसाद बाँस्कोटा फाइनल भैसकेका छन् ।

फिल्मको अन्य कास्ट एण्ड क्रु भने फाइनल भएका छैनन् ।

‘जात्रा’, ‘शत्रुगते’ र ‘जात्रै जात्रा’ जस्ता सुपरहिट कमेडी फिल्मको निर्देशन गरिसकेका प्रदीपले महजोडीको ‘महापुरुष’ निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्