इन्दिराले ल्याइन ‘पछ्यौरी’



रंगखबर, काठमाडौँ – गायिका इन्दिरा जोशीले नयाँ गीत ‘पछ्यौरी’ सार्वजनिक गरेकी छन् ।

सार्वजनिक गीतमा इन्दिरा स्वयम्को शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा पनि इन्दिरा आफै देखिएकी छन् । उनले मोडल निराजन प्रधानसंग जोडी बाँधेकी छन् ।

बिहिबार आयोजित गीत रिलिज कार्यक्रममा बोल्दै इन्दिराले पहिलेको जस्तै यो गीतबाट पनि दर्शक साथ् पाउने आशा व्यक्त गरिन ।

विवाह बन्धनमा बाँधीएपछि मिडिया सामु उपस्थित भएकी इन्दिरा रातो सारी र सिन्दुरमा सजिएकी थिइन् ।

लोकपप शैलीको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन प्रविण सिंहले गरेका छन् ।

हरि हुमागाईंले खिचेको म्युजिक भिडियोको सम्पादन प्रविण श्रेष्ठले गरेका छन् ।

इन्दिराले यो म्युजिक भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्