यस्तो बन्यो ‘झिँगेदाउ’को ‘आगोबिना बिंडी जल्दैन’ गीत



रंगखबर, काठमाडौँ – ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को गीत रिलिज भएको छ ।

आगोबिना बिंडी जल्दैन’ बोलको गीतमा फिल्मका मुख्य कलाकार केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्ट फिचर्ड छन् ।

लोकशैलीको गीतको भिडियोमा मौलिकता झल्काउने कोशिस गरिएको छ ।

अर्जुन पोखरेलको संगीत र मुक्त उदासको शब्द रहेको गीतमा शान्तिश्री परियार र प्रविण बेडवालको स्वर छ ।

ललितपुरको श्रीकाली चौरमा खिचिएको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

भीमनिधि तिवारीको कृतिमा आधारित फिल्ममा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, अयन खड्का, अभयराज बराललगायतका कलाकारहरुको पनि अभिनय छ ।

भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको फिल्मका सहनिर्मातामा सुशील दाहाल र ईश्वर घिमिरे छन् ।

प्रतिक्रिया दिनुहोस्