‘बाबरी’को ‘चुलबुल चुलबुल’ गीत सार्वजनिक



रंगखबर, काठमाडौँ – धिरज मगर र अदिति बुढाथोकी अभिनित फिल्म ‘बाबरी’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘चुलबुल चुलबुल’ बोलको गीतमा धिरज र अदितिले कम्मर मर्काएका छन् । यसअघि रिलिज रोमान्टिक नम्बर ‘बाबरी रंग’ले दर्शकको मन जितिरहदा निर्माण पक्षले डान्सिङ नम्बर सार्वजनिक गरेको हो ।

रविन्द्र लामिछानेको शब्द रहेको गीतमा सुजन चापागाईंको संगीत छ । भने सुजन र सुनिता थेगिमले स्वर दिएका छन् । भिडियोमा एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ ।

सुरेन्द्र पौडेलको कथा, निर्देशन र सम्पादनमा तयार फिल्ममा धीरज र अदितिसंगै धीरज नाडकर, बादल भट्ट, शेखर चापागाईं, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइरालालगायतका कलाकारहरुको अभिनय छ ।

पुष्पलता बुढाथोकी र गणेश बुढाथोकीले निर्माण गरेको फिल्म भदौ ३१ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

सिजन दाहाल, रीत बोहरा, किशोर नेपाल र मनोज त्रिपाठीको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको डीओपी र सुजन चापागाईं/कालीप्रसाद बाँस्कोटा/अनमोल गुरुङको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्