रिलिज भयो अनुप बरालको ‘दोख’



रंगखबर, काठमाडौँ – यो शुक्रबारबाट नेपाली बक्सअफिसमा फिल्म ‘दोख’ प्रदर्शनमा आएको छ ।

साथै हलिउडको सुपरहिरो फिल्म ‘थोर : थन्डर एन्ड लभ’ पनि रिलिज भएको छ । मल्टिप्लेक्स लक्षित दुवै फिल्म मध्ये ‘थोर’को दवदवा देखिएको छ ।

उल्लेख्य शोज पाएको ‘थोर’ले उत्साहजनक सुरुवात गर्दा औसत शो पाएको ‘दोख’ भने ‘वर्ड अफ माउथ’मा भर पर्ने संकेत देखिएको छ । शुक्रबारको विहानी शोजमा दर्शक संख्या निक्कै न्यून देखिएको छ ।

अनुप बराल निर्देशित फिल्मलाई शुक्रबार आयोजना गरिएको प्रेस शोबाट भने सकारात्मक प्रतिक्रिया मिलेको छ । अब हलसम्म जति दर्शक पुग्छन, तिनै दर्शकको प्रचारबाट फिल्मलाई बक्सअफिसमा टिक्ने ठाउँ मिल्नेछ ।

सशस्त्र द्वन्द्वकालमा सामुदायिक वनको स्वामित्वलाई लिएर दुई गाउँबीच भएको किचलोलाई फिल्ममा चित्रण गरिएको छ ।

राजन कठेतले लेखेको फिल्ममा मनिष निरौला, लोकमणि सापकोटा, दीया मास्के, माओत्से गुरुङ, राज थापा कौचा, सुरज मल्ल, कमल देवकोटालगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्