प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’को टिजर रिलिज



रंगखबर, काठमाडौँ – दशैँमा रिलिज मिति तोक्दै फिल्म ‘परदेशी २’को टिजर सार्वजनिक गरिएको छ ।

यसअघि दशैँमा रिलिज गर्ने घोषणा गरिएपनि ‘परदेशी २’को लागि मिति तय गरिएको थिएन । अब फिल्म दशैँ पन्चमी अर्थात असोज १४ देखि सार्वजनिक प्रदर्शनमा आउनेछ ।

नारायण रायमाझी निर्देशित फिल्मको टिजर मनोरंजनको खुराक लाग्छ । लोकगीत, प्रेम, विछोड र कमेडी टिजरमा देख्न सकिन्छ ।

वैदेशिक रोजगारीले ल्याउने खुसि र समस्या माथि आधारित फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, निर शाह, रमा थपलिया, रोशनी कार्की, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतका कलाकारहरुको अभिनय छ । लोकगायक प्रकाश सपुतको यो डेब्यु फिल्मपनि हो ।

रमेश बिजीको कथा रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, बीबी अनुरागी/नारायण रायमाझीको संगीत, अष्ट महर्जनको द्वन्द्व, गोविन्द राई/रामजी लामिछानेको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन छ ।

यस्तै फिल्मको झ्याउरे नृत्य निर्देशन शेखर घर्ति मगर र कुलमान नेपालीले गरेका छन् ।

नारायण इन्टरनेशनल प्रालिको व्यानरमा निर्मित फिल्ममा राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको लगानी छ ।

https://youtu.be/sIavUDgxvQQ

प्रतिक्रिया दिनुहोस्