‘प्रपञ्च’को रोमान्टिक गीत रिलिज, फिल्म असोजमा रिलिज हुने



रंगखबर, काठमाडौँ – असोज २१ लाई प्रदर्शन मिति तोक्दै फिल्म ‘प्रपञ्च’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

‘मुटुमा सास भर्ने आधार’ बोलको गीतमा फिल्मका मुख्य कलाकार सुमन थापा र मेनुका माझी फिचर्ड छन् । कोरियोग्राफर तेञ्जु योञ्जनले सुमन र मेनुकालाई रोमान्टिक मूडमा ढालेकी छन् ।

सन्तोष प्रगाढको संगीत रहेको गीतमा दिनेश सुवेदीको शब्द रचना, शंकरलाल श्रेष्ठ र ऋद्धा दियाली स्वर छ ।

प्रकाश कुँवरको कथा रहेको फिल्ममा सिद्धार्थ सिंह, ध्रुव ककोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिमखडा, सिजन तिवारी रुपशराज खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ ।

बिएस बलामीले निर्देशन गरेको फिल्ममा दिवस गुरुङको डिओपी, देव महर्जनको द्वन्द्व, तेञ्जु योञ्जनको द्वन्द्व र प्रविण ढकालको सम्पादन रहेको छ ।

शिवानी बलामी कार्यकारी निर्मात्री रहेको फिल्ममा बद्रि शाह, अनिल गुप्ता र रविराज आचार्यको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्