गायक विकास राणाको दोश्रो एल्बम ‘गीत यात्रा’को भव्य समारोह बीच सार्वजनिक



रंगखबर, काठमाडौँ :  पाइलट तथा उधमी बिकास राणाले करिब १२ बर्ष पछि बुधबार राजधानीको याक एंड यति होटलमा एक कार्यक्रमको बिचमा आफ्नो दोश्रो सांगीतिक कोसेली एल्बम ‘गित यात्रा’ को सार्वजनिक गरेका छन् ।
उक्त कार्यक्रममा उनले आफैले आफ्ना गीतहरुको लाईभ प्रस्तुति दिएका थिए साथै एल्बममा सामावेश भएका गीतहरुको म्युजिक भिडियोहरु देखाईएको थियो ।

 

सो समारोहमा गन्यमान्य व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । पुर्व प्रधान सेनापति गौरब राणा, एन आर एनका संस्थापक उपेन्द्र महतो ,संचार उद्धमी कैलाश सिरोहिया , कलाकारहरु करिश्मा मानन्धर, प्रेम राजा महत,पुष्प खड्का लगायतका आगन्तुकहरुले करिब २ घण्टा सम्मको कार्यक्रम निकै अभिरुचिपुर्ण तवरमा सहभागी भएका थिए !

तस्विरहरु : विकास रौनियार

प्रतिक्रिया दिनुहोस्