‘माइकल अधिकारी’ ट्रेलर: भाडाको कोखले दाम्पत्य जीवनमा निम्त्याएको उतारचढाव



रंगखबर, काठमाडौँ – सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’को ट्रेलर रिलिज गरिएको छ ।

रञ्जित रौनियार निर्देशित फिल्मले सेरोगेसी (भाडाको कोख)मा आधारित रहेर कथा भन्छ । पैसाको लागि कोख भाडामा दिएपछि एक दम्पतिको जीवनमा आउने उतारचढाव ट्रेलरमा देखाइएको छ ।

फिल्ममा सौगात र सृष्टिले पति-पत्नीको भूमिकामा निर्वाह गरेका छन् । ट्रेलरमा कमेडी, झगडा, हाँसो-रोदनको समिश्रण छ ।

गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित फिल्ममा आशान्त शर्मा, लूनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्कीलगायतका कलाकारहरुको अभिनय छ ।

शैलेश कँडेल क्षेत्रीको पटकथा, संवाद रहेको फिल्ममा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेवन सिंहको संगीत, राजु विक्रम थापाको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

भदौ ३ देखि प्रदर्शनमा आउने फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्