पहिलो विकेन्ड मै फ्लप सावित ‘शमशेरा’



रंगखबर, काठमाडौँ – रनबिर कपूर स्टारर फिल्म ‘शमशेरा’ले घरेलु बक्सअफिसमा कमजोर व्यापार गरेको छ ।

साउथ इण्डियन र हलिउड फिल्मको दवदवाले पछाडी पर्दै गएको बलिउडलाई रनबिरको ‘शमशेरा’ले ट्रयाकमा ल्याउने आशा गरिएको थियो । तर, प्रदर्शनको तीन दिन मै फिल्मले दम तोडेको छ ।

समिक्षात्मक रुपमा निक्कै कमजोर मानिएको फिल्मले पहिलो दिनदेखि नै सोचेअनुरुपको व्यापार गर्न सकेन । कमजोर समिक्षाका कारण शनिबार र आइतबारपनि फिल्मको व्यापारमा उल्लेख्य वृद्धि भएन ।

निर्माणदेखि प्रदर्शनसम्म १ सय ५० करोड बजेट पार गरेको फिल्मले पहिलो दिन १०.२५ करोडको व्यापार गर्यो । जबकि २० करोडको ओपनिङ हुने ट्रेडको आँकलन थियो ।

दोस्रो दिन १०.५० करोड भारु कमाएको फिल्मले आइतबारको विदामा जम्मा ११ करोड कलेक्सन गर्यो ।

करण मलहोत्रा निर्देशित फिल्मले तीन दिने विकेन्डमा ३१.७५ करोडको आँकडा छोएको छ ।

सोमबारबाट फिल्मको व्यापारमा उल्लेख्य गिरावट आउने भएकाले ‘शमशेरा’को लाइफटाइम कलेक्सन ५० करोड आसपास रहने ट्रेडको अनुमान छ ।

स्वत्रन्त्राको लडाई लड्ने आदिवासीको कथामा बनेको फिल्ममा रनबिरसंगै संजय दत्त, वाणी कपूर, सौरभ शुक्लालगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्