‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर..’ हिट भएपछि दङ्ग पुष्प र श्रद्धा



रंगखबर, काठमाडौँ:  भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कृष्ण–लीला’ ले अहिले निकै चर्चा पाइरहेको छ । फस्र्टलुक सार्वजनीक सँगै दर्शकको ध्यान तान्न सफल फिल्ममा समाबेश ‘त्यो कथामा एउटा राजा एउटी रानी भैदियोस्..’ अत्याधीक सफल हुदै गर्दा निर्माण युनीटले अर्काे गीत सार्वजनीक गर्यो–‘ए मेरो हजुर..’ । ट्रेलरबाट समेत प्रतिक्षित बनेको फिल्मको यो गीत अहिले सर्वत्र गुन्जिरहेको छ ।

गीत हेर्नुस :

रबि ओड र सुनीता कार्कीको स्वरमा रहेको ‘ए मेरो हजुर’ छोटो समयमै सम्भवतः सर्वाधिक टिकटक बन्ने पाश्र्व गीतका रुपमा कहलिएको छ । एक महिनाअघि सार्वजनीक भएको गीतको ‘अटल वाचा गरें..’, ‘अघाउदैनन् कहिल्यै आँखा मेरा..’ र ‘मेरो ध्यान त्यतै तानीसक्यौ तिम्ले..’ बोलमा सेलिब्रेटीदेखि लिएर सर्वसाधरणलेसमेत अधिक मात्रामा टिकटक बनाएका छन् । अहिलेसम्म ती बोलमा चार लाख बढी टिकटक बनीसकेका छन् भने एक करोड भन्दा बढी भ्यु भइसकेको छ ।


गीतले टिकटकमा मात्रै होइन, युट्युवमा समेत दर्शकस्रोताले मन जितिरहेको छ । युट्युव च्यानल डिआर म्युजीक एण्ड क्रिएसनमार्फत सार्वजनीक गरिएको गीत अहिलेसम्म सवा १७ लाख पटक हेरिसकिएको छ । डा. डिआर उपाध्यायले लेखेको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर छन् । बाबुल गिरीको संगीत,माइकल चन्दको कोरियोग्राफी,उत्सव दाहालको छायांकन र शिलन लम्सालले सम्पादन गरेकोे गीत ५२ सय मिटर माथिको तिलिचो ताल क्षेत्रमा खिचिएको हो । यो गीतमा एक दिनमा चालिस हजार वटासम्म टिकटक बनेको जानकारी कोरियोग्राफर माइकलले दिएका छन् । उनका अनुसार टिकटक प्रयोगकर्ता मात्र होइन, सर्वसाधारणको जिव्रोमा समेत यो गीत झुण्डिएको छ ।

दीपक ओलीको निर्देशनमा बनेको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन । फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागार्इँ मुख्य भूमिकामा छन् ।
कृष्ण जन्माष्टमीको दिनमा प्रदर्शन हुने फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । बरिष्ट रंगपत्रकार लक्ष्मण सुवेदीद्धारा लिखित फिल्म पाँचथर,इलाम,झापाका रमणीय स्थलमा छायांकन गरिएको हो । शिब ढकालले खिचेको फिल्मको सम्पादन अर्जुन जिसीले गरेका छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मको बितरण पनि निर्माण ब्यानर आरआर फिल्मस्ले गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्