‘मिसेस नेपाल कल्चर’को ब्राण्ड एम्बास्डरमा रुवी राणा नियुक्त



रंगखबर, काठमाडौँ – प्रथम मिस नेपाल रुवी राणा ‘मिसेस नेपाल कल्चर’को ब्राण्ड एम्बास्डरमा नियुक्त भएकी छन् ।

उनको नियुक्तिसंगै आयोजक कम्पनि युहानले ‘मिसेस नेपाल कल्चर – २०२२’ घोषणा गरेको छ ।

मिसेस नेपाल कल्चरको लागि आवेदनपनि खुल्ला गरिएको छ । प्रतियोगितामा जुनै पनि उमेर समुहका विवाहित महिलाले भाग लिन पाउनेछ्न । प्रतियोगिताको पहिलो अडिसन साउन २१ गते आयोजना हुनेछ ।

विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पु¥याउने उद्येश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।

अडिसनबाट छानिएका प्रतियोगीलाई बिभिन्न चरणको प्रशिक्षण दिएपछि फाइनलका लागि तयार पारिने बताइएको छ ।

प्रतियोगीताका विजेताले शिर्ष उपाधि, दुई लाख बराबरको उपहारको अलवा बिभिन्न अवसर समेत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्