शान्ति श्री र महेन्द्रको ‘काली तरेर’ सार्वजनिक



रंगखबर, काठमाडौँ:  नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक भएको छ । महेन्द्र राज बराल र शान्ति श्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ । गीतमा कृष्ण बिके(भाञ्जा)को एरेञ्ज तथा पवन रानाभाटको मिक्सिङ र मास्टरिङ छ ।

गीत हेर्नुस : 

भिडियोमा महेश त्रिपाठी, अलका सुवेदी, अर्जुन आचार्यलगायतका कलाकारको अभिनय छ ।मानव सुवेदी निर्देशित भिडियोमा सौगात धितालको छायाङ्कन तथा रेनिश फागोको सम्पादन र रंग संयोजन छ ।

प्रतिक्रिया दिनुहोस्