ब्राण्ड एम्बासडरको भूमिका एकदमै गाह्रो छ – नम्रता सापकोटा



रंगखबर, काठमाडौँ – अभिनेत्री तथा मोडल नम्रता सापकोटा ‘इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेज’को ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छन् ।

आइतबार एक कार्यक्रममा बीच अभिनेत्री सापकोटा र कन्सल्टेन्सीबीच लिखित सम्झौता भएको छ ।

ब्राण्ड एम्बासडर नियुक्त हुनु अगाडी उक्त कन्सल्टेन्सीको उद्घाटन गरिएको थियो ।

एम्बासडर नियुक्त भएपछी विदेशमा पढ्न चाहने नेपालीहरु माँझ आफुले सकारात्मक संदेश प्रवाह गर्ने नम्रताले बताइन ।

‘विदेश जाने निर्णय गर्दा जिन्दगीको स्वर्णिम चिजहरु जम्मा गरेर आफ्नो जिन्दगी अगाडि बढाउनु पर्छ । आजबाट मेरो अझ जिम्मेवारी बढेको महशुस भएको छ । किनकि, अब मेरो हरेक बोलीमा कसैको जीवन र करिअर जोडिएको हुन्छ । त्यसैले यो जिम्मेवारी एकदमै गाह्रो छ । विद्यार्थीहरुलाई सही मार्गनिर्देशन गर्न म सञ्चालकहरुलाई सधैं झकझकाइरहनेछु ।’ नम्रताले बताइन ।

पुतलीसडकस्थित स्टार मलको चौथों तला अवस्थित ‘इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेज’ले विशेष गरि अस्ट्रेलिया र अन्यु मुलुकहरुमा अध्ययनका लागि नेपालीहरु पठाउने काम गर्छ ।

कन्सल्टेन्सीका निर्देशक तथा अष्ट्रेलियाका इमिग्रेशन एजेन्ट हिरा कँडेलले विगत लामो समयदेखि अष्ट्रेलियाबाट सेवा प्रदान गर्दै आएको भए पनि अब नेपालबाट विद्यार्थीहरुलाई अष्ट्रेलिया लगायतका राष्ट्रमा सहयोग गर्न कार्यालय खोलेको बताए ।

त्यस्तै, कन्सल्टेन्सीका नेपाल कार्यालयका एमडी हरी प्रपन्न कँडेलले आफूले लामो समयदेखि शिक्षा क्षेत्रमा बटुलेको अनुभवलाई विद्यार्थीको विदेश अध्ययन सहज बनाउन खर्चिने बताए ।

प्रतिक्रिया दिनुहोस्