‘प्रेमगीत ३’को नेपाल-भारत रिलिज पक्का, भारतीय मिडियाद्वारा स्वागत



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ् रिलिज हुने भएको छ ।

नेपाल रिलिजको असोज ७ मा नै निर्माण पक्षले भारत रिलिज तोकेको हो । नेपाल-भारत रिलिजको ८ सातापछि फिल्मलाई विश्वव्यापी दर्शकले हेर्न मिल्ने गरि अमेजन प्राइम भिडियोमा प्रिमियर गरिनेछ ।

फिल्मका निर्माता एवं निर्देशक सन्तोष सेनले सेप्टेम्बर १ मा हिन्दि भर्सन ट्रेलर रिलिज गर्ने जानकारी दिएका छन् ।

भारतमा रिलिज हुने भएपछी केहि भारतीय चर्चित न्युज पोर्टलहरुले ‘प्रेमगीत ३’को प्रशंसा गर्दै समाचार कभर गरेका छन् ।

बलिउड हंगामा लेख्छ, ‘केहि वर्ष यता साउथ फिल्म हिन्दिमा रिलिज गर्ने प्रचलन बढेको छ । यो राम्रो समय हो, भारतीय दर्शकले बिभिन्न राज्यका फिल्मको मज्जा लिइरहेका छन् । यहि प्रवृत्तिलाई आत्मसाथ गर्दै एउटा अर्को फिल्म उद्योग भारतमा बक्सअफिस अंक जोड्न तयार छ – नेपाली फिल्म उद्योग । २३ सेप्टेम्बरमा सिनेमा घरमा आँधी आउने तयारीमा छ ।’

जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले यो फिल्मलाई भारतमा वितरण गर्नेछन् ।

आफु अभिनित फिल्म भारत जस्तो ठुलो मार्केटमा रिलिज हुन् लागेपछि प्रदीप खड्का, क्रिष्टिना गुरुङ र सन्तोष सेनलगायतले खुसि व्यक्त गरेका छन् ।

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको फिल्ममा प्रदीप र क्रिष्टिनासंगै शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, माओत्से गुरुङ, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय छ ।

महिना अगाडी नेपाली भाषा मै भारतमा रिलिज भएको ‘कबड्डी ४’ले राम्रो व्यापार गरेको थियो । त्यसैले ‘प्रेमगीत ३’को हिन्दि भर्सनलाई दर्शकको राम्रो साथ मिल्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्