‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत रिलिज, रोमान्टिक मूडमा केकी र प्रकाश



रंगखबर, काठमाडौँ – लोकगायक प्रकाश सपुतको डेब्यु फिल्म ‘परदेशी २’को गीत सार्वजनिक भएको छ ।

‘के वर मागी फर्क्यौ’ बोलको गीतमा प्रकाश र अभिनेत्री केकी फिचर्ड छन् । दुवैलाई रोमान्टिक अन्दाजमा देख्न सकिन्छ ।

१६ वर्ष अगाडी रिलिज भएर ख्याति कमाएको गीतलाई ‘परदेशी २’को लागि रिक्रियट गरिएको हो ।

रमेश पौडेलको शब्द रचना रहेको गीतमा फिल्मका निर्देशक नारायण रायमाझीको संगीत छ । राम भक्त जोजिजुको स्वर रहेको गीतमा निशान भट्टराईले नयाँ आवाज दिएका छन् ।

नयाँ भर्सनलाई श्यामश्वेत रसाइलीले एरेञ्ज गरेका छन् । ओर्जिनल भर्सनमा बीबी अनुरागीको एरेञ्ज थियो ।

नारायण रायमाझीको भिडियो निर्देशनमा रामजी लामिछानेको कोरियोग्राफी गरेका छन् ।

रमेश बिजीको कथामा निर्माण भएको फिल्ममा प्रकाश र केकीसंगै वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ, निर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतका चर्चित कलाकारहरुको अभिनय छ ।

मानकृष्ण महर्जनले खिचेको फिल्ममा बीबी अनुरागी/नारायण रायमाझीको संगीत, अष्ट महर्जनको एक्सन, रामजी लामिछाने/गोविन्द राई/कुलमान नेपाली/शेखर घर्ति मगरको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन छ ।

राजेश वंशल (अग्रवाल) र निर्देशक रायमाझीले निर्माण गरेको फिल्म असोज १४ देखि अलनेपाल प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्