प्रियाना र दिवसको ‘बर्खे झरी’ सार्वजनिक



रंगखबर, काठमाडौँ – गायक निशान भट्टराई र गायिका रानु निरौलाको स्वर रहेको गीत ‘बर्खे झरी’ सार्वजनिक गरिएको छ ।

किरण भण्डारीको शब्द, संगीत तथा संगीत संयोजनमा तयार गीतमा अनिल नकर्मीको मास्टरिङको काम गरेका छन् ।

गौरव गिरीले निर्देशन गरेको म्युजिक भिडियोमा मोडल प्रियाना आचार्य, दिवस नाथ, निशा खातुन र राज टाइगरको अभिनय छ ।

बसन्त कुँवरको खिचेको म्युजिक भिडियोमा सरस्वती श्रेष्ठको शृंगार र बलभद्र कुँवरको सम्पादन छ ।

यो म्युजिक भिडियो सदिक्षा फिल्म्स अफिसियल नामक युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्