आकाश र रेखाको ‘हिंड्दा हिंड्दै’ माघमा रिलिज हुने



रंगखबर, काठमाडौँ – आकाश श्रेष्ठ र रेखा शाहको मुख्य भूमिका रहेको फिल्म ‘हिंड्दा हिंड्दै’ माघ २० मा प्रदर्शन हुने भएको छ ।

प्रेमकथामा आधारित फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले रिलिज डेट तय गरेको हो । मिलन आले मगर निर्देशित फिल्मको पोस्टरमा आकाश र रेखालाई रोमान्टिक मूडमा देख्न सकिन्छ । रेखाको यो डेब्यु फिल्म हो ।

सुशील पंगेनीले निर्माण गरेको फिल्ममा आकाश र रेखासंगै सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङलगायतले अभिनय गरेका छन् ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको व्यानरमा निर्मित फिल्ममा विमल श्रेष्ठको प्रस्तुति रहेको छ ।

लीलामान तण्डुकारको छायांकन रहेको फिल्ममा ताराप्रकाश लिम्बु/किरण माइकल घिमिरेको संगीत, देव महर्जनको द्वन्द्व, कविराज गहतराज/सुरेन्द्र बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ ।

राजकुमार थिङ निर्माता रहेको फिल्ममा केबी सुब्बा, महादेव शाह र प्रमोदकुमार तामाङको सहलगानी छ ।

प्रतिक्रिया दिनुहोस्