शिक्षकको बारेमा कविता लेख्दा फिल्म ‘प्रकाश’ले उपहार दिने



रंगखबर, काठमाडौँ – भदौ १० देखि अलनेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’ले दर्शकका लागि कविता प्रतियोगिता घोषणा गरेको छ ।

शिक्षक बन्न संघर्षरत एक युवकको कथामा निर्माण भएको फिल्मले शिक्षकको बिशेषता र महत्व झल्काउने कविता प्रतियोगिता घोषणा गरेको हो ।

निर्माता महेन्द्र अधिकारीले दिएको जानकारी अनुसार यस प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् । जसका लागि १२ देखि १८ वर्षीय विद्यार्थी योग्य हुनेछन ।

सहभागी विद्यार्थीले १ देखि १.३० मिनेटसम्मको कविता नेपाली र अंग्रेजी भाषामा लेख्न सक्नेछन । त्यसपछि ‘prakshthefilm @gmail.com’ आइडीमा मेल गर्नु पर्नेछ ।

साउन २० देखि भदौ २० सम्म चल्ने प्रतियोगिताका विजेताले नगद १ लाख प्राप्त गर्नेछन् । भने, दोस्रो हुनेले ५० हजार उपहार पाउनेछन ।

दिनेश राउतको निर्देशनमा बनेको ‘प्रकाश’मा अभिनेता प्रदीप खड्काले मुख्य भूमिका निर्वाह गरेका छन् । उनका अलावा फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी, निरज पन्थीलगायतका कलाकारहरुको अभिनय छ ।

बिकास सुवेदीको लेखनमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, सुवास भुषाल/दीपक शर्मा/ताराप्रकाश लिम्बु/एलिस कार्कीको संगीत र जीवन थापाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्