असफलाको बाटो तर्फ ‘एक भिलेन रिटर्न्स’



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘एक भिलेन रिटर्न्स’ बक्सअफिसमा कमजोर बन्दै गएको छ ।

मिस्रित प्रतिक्रिया पाएको फिल्मले विकेन्डमा ठिक-ठाक व्यापार गर्यो । तर सोमबारदेखिको कलेक्सनमा उल्लेख्य गिरावट आएपछि फिल्मले बक्सअफिसबाटै लगानी उठाउन मुस्किल देखिएको छ ।

७.०५ करोडको ओपनिङ गरेको फिल्मले विकेन्डमा २३.५४ करोड कलेक्सन गरेको थियो । रिलिजको छैटौं दिनसम्म २९-३० करोड कमाएको फिल्मले पहिलो साता ३२ करोड आसपास कलेक्सन गर्ने अनुमान गरिएको छ ।

मोहित सुरी निर्देशित साइकोलोजिकल थ्रिलर फिल्म ७२ करोडको बजेटमा निर्माण भएको हो । पहिलो साताको कलेक्सन हेर्दा फिल्मले दोस्रो साता लगानी रिकभर गर्ने सम्भावना कमजोर बनेको छ ।

जोन अब्राहम, अर्जून कपूर, दिशा पटानी र तारा सुतारिया अभिनित फिल्मले तेस्रो साता निक्कै कम शोज पाउनेछ । किनकि तेस्रो सातामा फिल्मले आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ र अक्षय कुमारको ‘रक्षा बन्धन’संग बक्सअफिस भिडन्त गर्नु पर्नेछ ।

एकपछि अर्को बलिउड स्टारका फिल्म बक्सअफिसमा फ्लप हुँदा ‘लाल सिंह चड्डा’ र ‘रक्षा बन्धन’ बीचको भिडन्तले बलिउडलाई कस्तो संदेश दिन्छ । हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्