मेलिना राईले प्रेमीसंगको इन्गेजमेन्ट तोडिन



रंगखबर, काठमाडौँ – लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसंगको इन्गेजमेन्ट तोडेकी छन् ।

२३ लाख फलोअर्स भएको फेसबुक अकाउन्टमा एक स्टाटस लेख्दै उनले इन्गेजमेन्ट तोडेको जानकारी दिएकी हुन् ।

उनले आफुहरुबीच वैचारिक मदभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णयमा पुगेको बताएकी छन् ।

उनको पुरा स्टाटस, ‘बिषय – इन्गेजमेन्ट तोडिएको जानकारी ! केही समय अगाडी मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । फेरि सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्वजनिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

सञ्जीव चर्चित गिटारिस्ट तथा एरेन्जर हुन् । मेलिना र सञ्जीवले दुई वर्ष अगाडी इन्गेजमेन्ट गरेपनि गत बैशाख २ मा मात्रै खबर सार्वजनिक गरेका थिए ।

उनिहरु छिट्टै नै विवाह गर्ने तयारीमा थिए । तर, इन्गेजमेन्ट सार्वजनिक गरेको चार महिना नबित्दै तोड्ने खबर आउँदा मेलिनाका प्रशंसक आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्