आर्यनले साइन गरे ‘सायरा’



रंगखबर,काठमाडौँ – अभिनेता आर्यन सिग्देलले नयाँ फिल्म साइन गरेका छन् । उनले आइतबार निर्माण कम्पनि डीबीआर मिडिया एण्ड मुभिज प्रालिसंग लिखित सम्झौता गरेका हुन् ।

रघु परियार प्रस्तुतकर्ता रहेको फिल्मको नाम ‘सायरा’ राखिएको छ । ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने फिल्म सोसल र लभ ड्रामा जनरामा निर्माण हुनेछ ।

प्रस्तुतकर्ता परियारका अनुसार फिल्मको कथाबस्तु र भूमिका आर्यनलाई सुहाउने भएकाले उनलाई अनुबन्धित गरिएको हो । उनका अनुसार फिल्मको भूमिकालाई लिएर आर्यनपनि उत्साहित छन् ।

फिल्ममा भारतीय निर्देशक हुने र अन्य कास्ट एण्ड क्रु छिट्टै टुंगो लगाउने परियारले बताए । फिल्मको छायांकन दशैं-तिहारबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्