मोदिकाको ‘तीज आयो घुमेर’मा गीताको छमछमी



रंगखबर, काठमाडौँ – गायिका मोदिका निरौलाले तीज गीत ‘तीज आयो घुमेर’ सार्वजनिक गरेकी छन् ।

सार्वजनिक गीतमा भुवन पौडेलको शब्द रचना, अनिल शाहीको संगीत तथा एरेञ्ज र ब्लुबेरी स्टुडियोको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

मौसाबी क्रियसनको प्रस्तुति रहेको म्युजिक भिडियोमा गीता ढुंगानाले कम्मर मर्काएकी छन् । भने उनलाई गायिका मोदिकाले साथ् दिएकी छन् ।

ब्लुबेरी अडियो-भिडियो स्टुडियो टिमले निर्देशन गरेको म्युजिक भिडियोमा रेश्मा खड्कीको कोरियोग्राफी र सोहन मानन्धरको छायांकन/सम्पादन छ ।

मौसाबी क्रियसनबाट गीतकार भुवनका ‘हाम्रो माया संसारमै नभाको’, ‘तिम्रो हात समाएर’लगायतका गीत सार्वजनिक भैसकेका छन् ।

विगत १५ वर्षदेखि संगीत क्षेत्रमा योगदान दिइरहेका भवनले १३ वर्ष अगाडी एल्बम ‘शित’ बजारमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्