‘दुई नम्बरी’ टिजर: तस्करको कथामा कमेडीको मिश्रण



रंगखबर, काठमाडौँ – दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’को टिजर सार्वजनिक भएको छ ।

सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ अभिनित फिल्मको टिजरमा कमेडीलाई प्राथमिकता दिइएको छ ।

फिल्ममा सौगातको जोडी उपासना र दयाहाङको जोडीको रुपमा डेब्यु अभिनेत्री उगेन प्रस्तुत भएकी छन् ।

दयाहाङ र सौगातलाई तस्करको रुपमा देखाइएको छ । तर, कथा खोलिएको छैन ।

दीपक मनाङ्गे (राजीव गुरुङ), अमलादेवी राई र जयस श्रेष्ठले निर्माण गरेको फिल्म अब पुर्वनिर्धारित मितिमा रिलिज हुने छैन । निर्माण पक्षले कार्तिक ४ को रिलिज डेटलाई असोज २१ मा सिफ्ट गरेको छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, जयन जे वाइवाको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्