छायांकार विदुर पाण्डेको असामयिक निधन



रंगखबर, काठमाडौँ – छायांकार विदुर पाण्डेको असामयिक निधन भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार विदुरको हृदयघातका कारण बुधवार बिहान निधन भएको हो ।

उनि ५५ वर्षका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि गंगालाल हृदयरोग अस्पताल लैजाँदा बाटो मै उनको निधन भएको हो ।

नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ खिचेका विदुरले हजार बढी म्युजिक भिडियो, विज्ञापन, टेलिभिजन कार्यक्रम र लघु फिल्ममा आफ्नो छायांकन कला देखाइसकेका छन् ।

उनले ‘स्वर’, ‘मेरो बेस्ट फ्रेन्ड’, ‘जंगबहादुरको कोट’, ‘भुइँमान्छे’, ‘पण्डित बाजेको लौरी’लगायतका फिल्मपनि खिचेका छन् ।

बुधबारै उनको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । उनलाई श्रद्धान्जली अर्पण गर्न थुप्रै फिल्मकर्मी आर्यघाट पुगेका थिए ।

विदुरको निधनमा नेपाली फिल्मकर्मी र संगीतकर्मीले सामाजिक संजाल मार्फतपनि श्रद्धान्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्