रिलिज डेट नजिकै गर्दा ‘माईकल अधिकारी’ले गर्यो प्रमोसन तीव्र



रंगखबर, काठमाडौँ : प्रदर्शन मिति नजिकिदै गर्दा ‘माईकल अधिकारी’को टिमले प्रमोसन तिव्र रुपले सुरु गरेको छ। ट्रेलर र गीत बाट राम्रै चर्चा पाएको फिल्मको टिम प्रमोसनको लागि अहिले पुर्व तिर लागेको छ। यसै क्रममा फिल्मका कलाकार र निर्माण टिमले बिर्तामोड र बिराटनगरमा पत्रकार सम्मेलन तथा मिनी कन्सर्ट गर्दै फिल्म हेर्न सबैलाई आग्रह गरेका छन। विर्तामोडको ‘वान स्टप मल’ र विराटनगरको ‘सेन्ट्रल मल’मा आयोजना गरिएको कार्यक्रममा सिनेमाको गीतमा कलाकारहरुले प्रस्तुति दिए ।

कार्यक्रममा बोल्दै कलाकार सौगात मल्ल भन्छन फिल्म फरक भएकालाई दर्शकहरुलाई भरपूर्ण मनोरंजन दिने बताए त्यस्तै निर्माता निरक पौडेल भन्छन ‘सेरोगेसीको विल्कुलै नयाँ कथामा परिवार बसेर मनोरंजन लिन सक्नु हुनेछ । मनोरंजनको हकमा यसले निरास बनाउदैन ।’

रञ्जित रौनियार निर्देशित फिल्मले सेरोगेसी (भाडाको कोख)मा आधारित रहेर कथा भन्छ । पैसाको लागि कोख भाडामा दिएपछि एक दम्पतिको जीवनमा आउने उतारचढाव फिल्ममा देख्न सकिनेछ । फिल्ममा सौगात र सृष्टिले पति-पत्नीको भूमिकामा निर्वाह गरेका छन् ।

गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित फिल्ममा आशान्त शर्मा, लूनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्कीलगायतका कलाकारहरुको अभिनय छ ।
शैलेश कँडेल क्षेत्रीको पटकथा, संवाद रहेको फिल्ममा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेवन सिंहको संगीत, राजु विक्रम थापाको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।भदौ ३ देखि प्रदर्शनमा आउने फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन् ।

ट्रेलर: 

 

प्रतिक्रिया दिनुहोस्