प्राविधिक कार्य नसकिएको भन्दै निर्माण टिमले असोज १४ मा पुर्यायो ‘बाबरी’



रंगखबर, काठमाडौँ : फिल्म बबरीको प्रदर्शन मिति सरेको छ।  यस अघि भदौ ३१ लाई प्रदर्शन मिति तोकेको फिल्म अब भने असोज १४ मा प्रदर्शन हुने भएको छ। दशैँको बिदालाई मध्य नजर गर्दै निर्माण टिमले सो मिति रोजेको अनुमान लगाउन सकिन्छ। तर निर्माण टिमले भने प्राविधिक कार्य नसकिएको र असोज १४ को डेट खालि रहेकाले ‘बाबरी’को प्रदर्शन मिति परिवर्तन गरिएको बताएको छ।  निर्माण टिमको जानकारी अनुसार सोमबार फिल्मको नयाँ प्रदर्शन मिति सहितको पोस्टर तथा ट्रेलर सार्वजनिक गर्ने बताएको छ।  फिल्ममा धिरज, अदिति र धिरज नाडकरसंगै बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक सुरेन्द्र पौडेलको कथा र सम्पादन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र एञ्जिला खत्री/विक्रम लामाको कोरियोग्राफी छ । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको फिल्म बाबरी फिल्म्सको व्यानरमा निर्माण भएको हो।

प्रतिक्रिया दिनुहोस्