‘सम्हालिन्छ कहिले मन’को नयाँ गीतमा रोमान्टिक आकाश र पूजा



रंगखबर, काठमाडौँ – भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत रिलिज भएको छ ।

‘जरुरी कुरा छ’ बोलको गीत हिट भएपछी निर्माण पक्षले नयाँ रोमान्टिक गीत ‘हराएँ हराएँ’ सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको रोमान्टिक मूड देख्न सकिन्छ । स्कटल्याण्डदेखि नेपालको मुस्ताङसम्मका दृश्यले गीतमा ज्यान भरेका छन् ।

आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत र ताराप्रकाश/अनु चौधरीको स्वर छ । भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

महेश दवाडीको कथा रहेको फिल्ममा सोनम तोप्देन, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य, मरिस्का पोखरेललगायतले पनि अभिनय गरेका छन् । सोनमको यो डेब्यु फिल्म हो ।

सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको फिल्मलाई अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्