नेपाल आईडल फेम्ड बिश्वाश उप्रेतीको ‘हृदयको कुरा’ सार्वजनिक



रंगखबर, काठमाडौँ: नेपाल आइडल सिजन ४ का फाइनलिस्ट बिश्वाश उप्रेतीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘हृदयको कुरा’ बोलको गीतमा चन्द्र प्रसाईं परिस्कृतको शब्द र कल्याण सिंहको संगीत रहेको छ । जोनि तामागले गीतको एरेन्ज गरेका हुन् ।

गीत हेर्नुस :

मोहन राज अधिकारीले निर्देशन गरेको भिडियोमा गायक उप्रेती र टिकटकमा रेखा थापा जस्तै देखिने भनेर चर्चित भएकि समिक्षा हमाल ठकुरीले अभिनय गरेका छन् । अमृत सुनुवारको छायांकन रहेको भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्