‘भगवत गीता’ औपचारिक घोषणा, सुहाना तेश्रो हिट दिने तयारीमा



रंगखबर, काठमाडौँ : अभिनेत्री तथा निर्देशक झरना थापाको चौथो फिल्म निर्देशन गर्ने घोषणा गरेकी छन।  भगवान श्रीकृष्णको पावन जन्मदिनको अवसर पारेर फिल्म भगवत गीताको टाईटल भिडियो सार्वजनिक गर्दै झरनाले चौथो फिल्म निर्देशन गरेन जानकारी दिएकि छन। सार्वजनिक भिडियोमा सुहाना थापा फिचर्ड छन।  २ मिनेट २३ सेकेन्डलामो भिडियो जानकी मन्दिरमा छायांकन गरिएको हो।  भिडियोमा सुहाना तराईको परम्परागत भेषभुषामा देखिएकी छन् ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको मुख्य अभिनेता तथा अन्य कलाकारहरु भने फाइनल भएका छैनन् । फिल्मलाई अर्को बर्षको बैशाखमा प्रदर्शनमा ल्याउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ।

 

प्रतिक्रिया दिनुहोस्