फ्राईडे रिलिज : कृष्ण लिला, प्रेमगन्ज र माईकल अधिकारीको भिडन्त



रंगखबर, काठमाडौँ : भगवान श्रीकृष्णको जन्मदिनको अवसर पारेर देशभर तिन फिल्महरु प्रदर्शन भएका छन।  ‘कृष्ण लिला’, ‘प्रेमगन्ज’ र ‘माइकल अधिकारी’ आज शुक्रबारबाट प्रदर्शमा आएका हुन्।

अटिजम पात्रको जीवनमा आउने उतार चढावको कथा फिल्म ‘कृष्ण लिला’ले बोल्छ। फिल्ममा पुष्प खड्काले अटिजम युवकको भूमिका निभाएका छन। फिल्ममा पुष्पको जोडीको रुपमा श्रद्धा क्षेत्री छन् । श्रद्धालाई लभरगर्ल र प्रहरीको भूमिकामा देख्न सकिन्छ । दीपक ओलीले निर्देशन गरेको फिल्ममा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नविन रेग्मीलगायतका कलाकारहरुको अभिनय छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मका निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् । यस्तै रत्न श्रेष्ठको कार्यकारी निर्माणमा पिताम्बर आचार्य र रोजन श्रेष्ठले सह-लगानी गरेका छन् ।

त्यसै गरिन बालापनको प्रेम र त्यसबाट आउन सक्ने उतार चढावको कथामा आधारित फिल्म हो ‘प्रेमगन्ज’। प्रिमियरमा राम्रै प्रसंसा बटुलेको फिल्ममा बेनिशा र तेजका सम्पदा बानियाँ, सुरक्षा पन्त, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, पवन भट्टराई, सन्जोग रसाइली, गित बिष्ट, राइडर प्रशन र सुप्रिया खनाललगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका हुन्।

यहि हप्ता रिलिज भएको तेश्रो फिल्महो माईकल अधिकारी।  सरोगेसी अर्थात् भाडाको कोख राख्ने महिलाको कथामा आधारित फिल्मले पनि प्रिमियरमा राम्रो चर्चा पाएको थियो। सृष्टि र सौगातको मुख्य अभिनय रहेको फिल्मको कथा भाडाको कोख राखेपछि पाएको आएको उतार चढावमा घुमेको छ।  रञ्‍जित रौनियारले निर्देशन गरेको फिल्ममा सौगात र सृष्टिसंगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरालगायतका कलाकारहरुको अभिनय छ । गोपीकृष्ण मुभिजको व्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्मका प्रस्तुतकर्ता उद्धव पौडेल हुन् ।

प्रतिक्रिया दिनुहोस्