‘सम्हालिन्छ कहिले मन’को शिर्ष गीत रिलिज



रंगखबर, काठमाडौँ – पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को शिर्ष गीत रिलिज गरिएको छ ।

सुयेश भट्टराईको शब्द रचना रहेको गीतमा जेम्स प्रधानको संगीत र सुगम पोखरेलको स्वर छ । १० वर्ष अगाडी यी सर्जकले सिर्जेको गीत अहिलेपनि उतिकै लोकप्रिय छ ।

गीतको भिडियोमा पूजा, आकाश र सोनम फिचर्ड छन् । त्रिकोणात्मक प्रेमकथा भन्ने फिल्मको गीतले सोहि भाव बोकेको छ । भिडियोमा तीनबीचको प्रेम र पिडा देख्न सकिन्छ ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा सरोज खनाल, गौरी मल्ल र धिरेन शाक्यको पनि अभिनय छ । निर्देशक थापाले यो फिल्म अहिलेसम्म कै उत्कृष्ट मेकिङ रहेको दावी गरेका छन् ।

महेश दवाडीको लेखन रहेको फिल्ममा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

एबी इन्टरनेशनलको व्यानरमा निर्मित फिल्ममा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।

भदौ १७ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा समावेश ‘जरुरी कुरा छ’ गीत अहिले चार्टबस्टरमा हिट छ । सुदर्शन निर्देशित फिल्मका संगीत उत्कृष्ट हुने गर्छन ।

प्रतिक्रिया दिनुहोस्