‘झिङ्गेदाउ’को ‘टल टल टलक्कै’ मा आँचल र कुशलको नृत्य



रंगखबर, काठमाडौँ – भदौ १७ बाट प्रदर्शन हुन लागेको फिल्म ‘झिङ्गेदाउ’को दोश्रो गीत सार्वजनिक भएको छ। ‘टल टल टलक्कै’ बोलको गीतमा आँचल शर्मा र कुशल विष्टको नृत्य देख्न सकिन्छ। अन्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द रचना एवम् अर्जुन पोखरेलको संगीत रहेको छ।
गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको पहिलो गीत ‘आगो बिना बिडी जल्दैन’ हिट साबित भैसकेको छ। बिष्णु घिमिरे ‘कल्पित’ले खिचेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट र हिउवाला गौतमसंगै संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बरालको पनि अभिनय छ । प्रदीप भारद्वाजको कथा, संवाद रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।

गीत हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्